किसान आइसिटी

किसान आइसिटी एक सफ्टवेयर हुनेछ जसलाई मोबाइल र कम्प्युटर मार्फत संचालन गर्न मिल्नेछ । यस एप मार्फत विभिन्न वर्गका किसानहरु, कृषि विज्ञहरु, व्यवसायीहरु, सरकारी निकायका पदाधिकारीहरु तथा ग्राहकहरु साइन अप गरी जुड्न सक्नेछन् । किसान आइसिटी योजना गरिब किसानहरुलाई लक्षित गरी बनाइएको हो । यो योजनाले ५ वर्षमा अधिराज्य भरी रहेका ६५ प्रतिशत नेपाली किसानहरुको करीब ६० प्रतिशतले आर्थिक स्थितीलाई सबल बनाउने अनुमान लगाएको छ ।

मिसनः सुचना र प्रविधिको माध्यमबाट दिगो कृषि तथा ग्रामिण उद्यमहरुमा नविनताको परिचय दिने ।
भिजनः दिगो कृषि अभ्यासहरु र उद्यमशिलता मार्फत ग्रामिण समुदायहरुको जिविका सुधार गर्ने ।
भ्यालुज:
क) स्थानिय ज्ञान तथा नविनताको कदर गर्ने ।
ख) वातावरण र इको सिस्टमको मान सम्मान गर्ने ।
ग) रचनात्मक, लचिलो र इनोभेटिभ रहने ।
घ) गुण, समानता र नैतिकताको कदर गर्ने ।
ड.) जोशका साथ कार्य गर्ने ।

किसान आइसिटीका उद्देश्यहरु

१. देशभरका साना देखि ठुला किसान, कृषि विज्ञ तथा व्यवसायी, सरकार तथा ग्राहकहरुलाई एकैठाउँमा ल्याई जोड्ने ।
२. किसानहरुको कृषि उत्पादनका गतिविधिहरुको रेकर्ड राख्ने ।
३. किसानहरुका मुख्य समस्याहरुलाई छलफल गर्न प्लेटफार्म तयार गर्ने र उक्त समस्याहरुलाई संबन्धित निकाय सम्म पुर्याउन पहल गर्ने ।
४. किसानहरुलाई कृषि क्षेत्रमा अगाडी बढाउन, व्यवसायिक कृषि गर्न, कृषि अनसंधान गर्न सरकार संग समन्वय गरी आधुनिक कृषि ल्याब तथा खाद्यान्न भन्डारणको निर्माण गर्न पहल गर्ने ।
५. कृषि उत्पादन बढाई अनलाइन बजारिकरण गर्ने ।
६. आधुनिक कृषि प्रविधिहरुको ज्ञान र उपकरणहरुको परिचय दिने ।

व्यवसाय योजना

किसान आइसीटीको व्यवसाय योजना पढ्न यो लिंक थिच्नुहोस

व्यवसाय योजनाका उपलब्धिहरु

१. सन् २०१९ मा किसान आइसीटीले राष्ट्रिय युवा परिषदको आयोजनामा नगर स्तरिय व्यवसाय योजना प्रतिष्पर्धामा भाग लीएर प्रथम पुरस्कार स्वरुप रु १० हजार हाथ पार्यो।



२. सोहि वर्ष बुटवलमा आयोजना भएको प्रदेश स्तरिय व्यवसाय योजना प्रतिस्पर्धामा तृतीय पुरस्कार स्वरुप रु १० हजार हाथ पारेको थियो।



३. सानोठिमी, काठमाडौँमा आयोजना भएको केन्द्र स्तरिय व्यवसाय योजना प्रतिस्पर्धामा पनि पाचौ पुरस्कार स्वरूप रु १० हजार जितेको थियो।



४. २१ अगस्त २०१९ का दिन व्लिंक वेंचर्समा किसान आइसीटीको अन्तर्वार्ता प्रकाशन भएको। अन्तर्वार्ता पढ्न यहाँ थिच्नुहोस

५. सेप्टेम्बर २०२० मा किसान आइसीटीको पहिलो इकमर्स प्रोटोटाइप parasibazaar.com वेबसाइट र Parasibazaar मोबाइल एप सार्वजनिक भएको।

किसान आइसीटीले लगानीकर्ताहरु खोजिरहेको छ। इच्छुक वर्गले तल दिएको सम्पर्क माध्यमबाट सम्पर्क गर्न सक्नुहुनेछ।

  • By email: parasibazaar@gmail.com

  • By phone number: 9813106559